२०८२ फाल्गुण ५ गते मंगलवार
काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र प्रथम महिला ब्रिगिट म्याक्रोन भारत भ्रमणका लागि सोमबार राति मुम्बई आइपुगेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले आज (मंगलबार) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्।
म्याक्रोन दम्पतीले मंगलबारदेखि बिहीबारसम्म भारतको आधिकारिक भ्रमण गर्ने छन्।
प्रधानमन्त्री मोदीको निमन्त्रणामा उनीहरू भारत आएका हुन्। फ्रान्सका राष्ट्रपति म्याक्रोनले मुम्बईमा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्।
त्यसपछि उनी भारतले आयोजना गर्ने भारत एआई प्रभाव शिखर सम्मेलन २०२६ मा भाग लिन दिल्ली पुग्नेछन्। राष्ट्रपति म्याक्रोनले चौथोपटक भारत भ्रमण गरिरहेका हुन्।
यो भ्रमण भारत सरकारले गत हप्ता राफेल लडाकु विमानका लागि ठुलो अर्डर दिने योजना बनाएको बताएपछि भएको हो। गत जनवरीमा भारत र युरोपेली संघबीच एक महत्त्वपूर्ण स्वतन्त्र व्यापार सम्झौतामा पनि हस्ताक्षर भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij