२०८२ फाल्गुण ५ गते मंगलवार
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर आजदेखि कारोबारमा आउने भएको छ। नेप्सेले पहिलो कारोबारका लागि तोकेको न्यूनतम रेन्जभित्र दुवै कम्पनीको शेयर किनबेच भएपछि नियमित सत्रका लागि कारोबारमा आएको हो।
नेप्सेले पहिलो कारोबारका लागि दुवै कम्पनीको प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ र अधिकतममा ३०० रुपैयाँ तोकेको थियो। दुवै कम्पनीको शेयर स्पेसनल प्रिसेसनमा अधिकतम प्रतिकित्ता ३०० रुपैयाँमा किनबेच भएको हो।
कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। त्यसैले यी दुवैको शेयर शनिबार र आइतबार महाशिवरात्रीको सार्वजनिक बिदा भएको हँदा आज सोमबारबाट कारोबारमा आएको छ।
सालपा विकास बैंकको कुल ५२ लाख २३ हजार ८८० कित्ता सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १७ लाख २३ हजार ८८० कित्तार संस्थापकको ३५ लाख कित्ता रहेको छ।
नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको कुल १ करोड ९० लाख कित्ता सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १९ लाख २६ हजार ६०० कित्ता र संस्थापकको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij