Logo

२०८२ फाल्गुण ४ गते सोमवार

२०८२ फाल्गुण ४ गते सोमवार

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दियो ६३ बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दियो ६३ बुँदे निर्देशन


  • 302
    Shares

    निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दियो ६३ बुँदे निर्देशन

    काठमाडौं । निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूलाई ६३ बुँदे निर्देशन जारी गरेको छ ।

    आइतबार जारी विज्ञप्तिमार्फत आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन विभिन्न आचारसंहितासम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।

    आयोगका अनुसार २०८२ माघ ३ गते बसेको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको छ । आयोगले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको अवाञ्छित प्रभाव, दबाब वा अवरोध सिर्जना गर्ने कार्य नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई सचेत गराएको छ ।

    निर्देशनको पहिलो बुँदामा उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट कसैलाई वञ्चित गर्ने उद्देश्यले बाधा–अवरोध पुर्‍याउन नहुने उल्लेख छ । साथै हातहतियार वा विष्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न, धाकधम्की दिन, डरत्रास फैलाउन, सार्वजनिक प्रतिष्ठामा आँच पुर्‍याउन, सामाजिक सद्भाव बिगार्ने गतिविधि गर्न तथा आर्थिक प्रलोभन देखाउन निषेध गरिएको छ। धर्मको आधारमा प्रतिज्ञा गराएर प्रभाव पार्न समेत नपाइने स्पष्ट पारिएको छ ।

     

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १७:३६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij