२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको भूगोल, पहाडी र दुर्गम भए पनि वित्त आयोगद्वारा मापन गरिएको कार्य सम्पादनमा हेलम्बु गाउँपालिका उदाहरण बनेको छ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगद्वारा गरिएको कार्य सम्पादन मूल्याङ्कनमा सधैं चर्चामा रहने धरान उपमहानगरपालिका र काठमाडौं महानगरपालिका भन्दा पनि हेलम्बु गाउँपालिकाले उत्कृष्ट अंक हासिल गरेको छ ।
आयोगले दिएको तथ्यांक अनुसार काठमाडौंको अंक ४४.९७, धरान उपमहानगरको अंक ४९.७६ र हेलम्बु गाउँपालिकाको अंक ६२.९२ प्रतिशत रहेको छ ।
सीमित आन्तरिक श्रोत, भौगोलिक चुनौती र विकटता हुँदाहुँदै पनि जनसेवा, पारदर्शिता र सुशासनमा हेलम्बु गाउँपालिकाको प्रतिबद्धताले सफलता सम्भव भएको छ ।
यो उपलब्धिका लागि सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय र आम हेलम्बुबासीको साझा मिहेनत रहेको पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij