Logo

२०८२ फाल्गुण ४ गते सोमवार

२०८२ फाल्गुण ४ गते सोमवार

वीरगन्ज भन्सारद्वारा सात महिनामा १ खर्ब ३५ अर्ब राजस्व संकलन

वीरगन्ज भन्सारद्वारा सात महिनामा १ खर्ब ३५ अर्ब राजस्व संकलन


  • 414
    Shares

    वीरगन्ज भन्सारद्वारा सात महिनामा १ खर्ब ३५ अर्ब राजस्व संकलन

    काठमाडौं । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ ।

    कार्यालयले चालु आवको सात महिनासम्म एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा कार्यालयको भन्सार सङ्कलनमा उत्साहजनक भएको छ । कार्यालयले साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।

    त्यस्तै, कात्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा भने २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा पनि २० अर्ब २० करोड राजस्व सङ्कलन गरेको छ । 

    कार्यालयले माघमा मात्र २१ अर्ब २९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा १८ अर्ब ९० करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १२:०५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij