२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार ६ महिनामा कम्पनीले २७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा १९.२१ प्रतिशतले बढेको छ।
चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा २१ अर्ब ९० करोड ३४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३१.९२ प्रतिशतले बढेको छ।
कम्पनीले ३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १५.१४ प्रतिशतले बढेको छ। शेयरपुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको महाविपत्ति कोषमा १७ करोड ५३ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २६ करोड ५७ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी २ करोड ७० लाख रुपैयाँले ऋणात्मक रहेको छ।
कम्पनीले ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १४.३० प्रतिशतले बढेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर ११.०१ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ३६.३१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०८.२६ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij