२०८२ फाल्गुण २ गते शनिवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य घटेर ३ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदी प्रतितोला ३५० रुपैयाँले घटेको महासंघले जनाएको छ । चाँदी घटेर ५ हजार रुपैयाँ तोला कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ३५० रुपैयाँ तोला कारोबार भएको महसंघले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij