Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

पूर्वराजा शाह झापाबाट ४ महिनापछि काठमाडौं आउँदै

पूर्वराजा शाह झापाबाट ४ महिनापछि काठमाडौं आउँदै


  • 1.1K
    Shares

    पूर्वराजा शाह झापाबाट ४ महिनापछि काठमाडौं  आउँदै

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आउने भएका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौं आउने भनिएको थियो ।

    तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले  बताए । सुरक्षा स्रोतका अनुसार शाह कैलाश हेलिकप्टरमार्फत काठमाडौं आउन लागेका हुन् ।

    उनी मध्यान्ह १२ बजे झापाबाट हेलिकप्टरमा काठमाडौंतर्फ प्रस्थान गर्नेछन् । करिब १ घण्टा १० मिनेटमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

    शुक्रबार राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतमा मानिस भेला गर्ने तयारी गरिरहेका छन् । प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - ११:०१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij