२०८२ फाल्गुण १ गते शुक्रवार
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गरिरहेको छ ।मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार टस जितेको इटालीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले इटालीलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
आरिफ शेखले बनाएको २७ रन नै नेपालका लागि सर्वाधिक रह्यो। उनले २४ बलमा ३ चौका सहयोगमा २७ रन बनाउँदा जेजे स्मुथको बलमा क्याच आउट नै भए। करण केसी १८ रनमा अविजित रहे।
१८ बलमा १७ रन बनाएका दीपेन्द्र सिंह ऐरी क्रिएसन कालुगामागेको बलमा बोल्ड आउट भए। २० बलमा २ चौका सहयोगमा २० रन बनाएका ओपनर आशिफ शेख ७.२ ओभरमा वाट मानेन्तीको बलमा विकेटकिपरको हातबाट आउट भए।
यसअघिको खेलमा इंग्ल्यान्डसँग बलियो ब्याटिङ गर्दै १८४ रनको लक्ष्यमा १८० रन बनाउँदै ४ रनले स्तब्ध बनेको नेपालले इटालीसँग भने झुर ब्याटिङ गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij