२०८२ फाल्गुण १ गते शुक्रवार
काठमाडौं । विशेष अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा लाखौँ रुपैयाँ असुली काण्डका बिचौलिया खेमप्रसाद सुवेदीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुवेदीलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसमेतको मिलेमतोमा भिजिट भिसाका नाममा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुवेदी विरुद्ध मुद्दा दायर गरेको थियो ।
सुवेदी विरुद्ध ७९ लाख ८० हजार र सम्पत्ति शुद्धीकरणतर्फ १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरी सजायको माग दाबी गरिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij