Logo

२०८२ फाल्गुण १ गते शुक्रवार

२०८२ फाल्गुण १ गते शुक्रवार

स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी ‘काइल्याक’ नेपाली बजारमा, मूल्य ४५ लाख ९० हजार

स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी ‘काइल्याक’ नेपाली बजारमा, मूल्य ४५ लाख ९० हजार


  • 484
    Shares

    स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी ‘काइल्याक’ नेपाली बजारमा, मूल्य ४५ लाख ९० हजार

    काठमाडौं । युरोपेली अटोमोबाइल ब्रान्ड स्कोडाको नयाँ कम्प्याक्ट एसयुभी ‘काइल्याक’ नेपाली बजारमा भित्रिएको छ। स्कोडाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले काठमाडौं चन्द्रागिरी हिल्समा कार्यक्रम आयोजना गरी यो गाडी सार्वजनिक गरेको हो। 

    गाडीको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले संयुक्त रूपमा गरेका छन्। नेपालको भौगोलिक अवस्था सुहाउँदो मानिएको काइल्याकमा १.० लिटरको टीएसआई इन्जिन रहेको छ।

    यसले ११५ ब्रेक हर्स पावर र १७८ एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यो पावर र टर्कले नेपाली सडकमा ड्राइभिङका लागि उत्कृष्ट र पर्याप्त शक्ति प्रदान गर्नेछ। म्यानुअलको मूल्य ४५ लाख ९० हजार र अटोमेटिकको ५२ लाख ९० हजार रहेको छ। 

    एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले एमएडब्लु ग्रुप नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय संस्था भएको बताए। अध्यक्ष अग्रवालले  नेपालमा स्कोडाको बिक्री वितरण सुरु गरेको करिब १८ वर्ष (सन् २००७ देखि) पूरा भएको छ। उनले कोभिड महामारीको बढ्दो प्रभावका बीच पनि स्कोडाले आफ्नो बजार हिस्सा र विश्वास गुम्न न बताए । 

    एकपटक स्कोडा चढेका ग्राहकले अर्को गाडी किन्दा पनि स्कोडा नै रोज्ने गरेको (र्‍यापिडबाट कुशक हुँदै कोडियाकमा अपग्रेड हुने) टेन्ड रहेको उनले बताए।  त्यस्तै, एमएडब्लु ग्रुपका निर्देशक रौनक अग्रवालले स्कोडाको नयाँ एसयुभी ’काइल्याक’ नेपाली बाटो र माटो सुहाउँदो रहेको बताएका छन्।  

    उनले नेपालभर १२ वटा स्थानमा स्कोडाको सर्भिस नेटवर्क रहेको र काठमाडौंको सीतापाइलामा ३५ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको नेपालकै सबैभन्दा ठूलो वर्कसप सञ्चालनमा रहेको जानकारी दिए। अग्रवालले नेपाली अटोमोबाइल बजारमा आएको परिवर्तनलाई पनि औंल्याए।

    उनले विश्वमै उत्कृष्ट मानिने युरोपेली इन्जिनियरिङ र सुरक्षा मापदण्ड स्कोडाले नेपाली उपभोक्तालाई सुलभ मूल्यमा उपलब्ध गराएको बताए।

     

     

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १३:२१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij