Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर

काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर


  • 393
    Shares

    काठमाडौं बन्यो  विश्वकै चौथो प्रदूषित सहर

    काठमाडौं । काठमाडौंको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । काठमाडौं बिहीबार बिहान विश्वकै प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको हो ।

    आईक्यू एयरको तथ्याङ्क अनुसार काठमाडौं बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको छ । हाल यहाँ हावाको एक्यूआई १८८ रहेको छ । यहाँको हावामा पीएम २.५ को अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २१.७ गुणा बढी रहेको छ ।

    विश्वकै प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल सहर छ । भारतको राजधानी नयाँ दिल्ली काठमाडौंपछि पाँचौँ स्थानमा रहेको छ ।  

     

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - ११:३२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij