२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा पुगेका छन्।
लामिछानेले तालचोक, हेम्जा र चिप्लेढुंगामा भेटघाट कार्यक्रम रहेको रास्वपाले जनाएको छ। बुधबार अपराह्न पोखरा पुग्दा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ता र समर्थकले स्वागत गरेका छन्।
खुट्टाको चोटका कारण दुई साता काठमाडौँमा उपचार गरेका लामिछाने केही दिनअघि चितवन गएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij