Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक पारित

राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक पारित


  • 477
    Shares

    राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक पारित

    काठमाडौं । राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक–२०८१ पारित भएको छ ।

    बुधबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । 

    उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो । त्यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित चलचित्र विधेयकमाथि छलफल समेत भएको थियो ।

    २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरी सङ्घीय संरचना र नयाँ प्रविधि अनुरूप बनाउन सरकारले चलचित्रसम्बन्धी विधेयक तर्जुमा गरेको थियो ।

    राष्ट्रियसभाको अर्को बैठक फागुन १ गते शुक्रबार बोलाइएको छ । 

    images
    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १६:०१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij