Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

विपक्षहरुले नै नेकपाले निर्वाचनमा सोचेभन्दा राम्रो नतिजा ल्याउँछ भन्न थालेः पुष्पकमल दाहाल

विपक्षहरुले नै नेकपाले निर्वाचनमा सोचेभन्दा राम्रो नतिजा ल्याउँछ भन्न थालेः पुष्पकमल दाहाल


  • 1.0K
    Shares

    विपक्षहरुले नै नेकपाले निर्वाचनमा सोचेभन्दा राम्रो नतिजा ल्याउँछ भन्न थालेः पुष्पकमल दाहाल

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गरेका छन् । 

    बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले विपक्ष राजनीतिक दलहरुले समेत निर्वाचनको माहौला आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको जिकिर समेत गरेका छन् ।

    संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको उल्लेख गर्दै सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । 

    उनले नयाँ भनिएका राजनीतिक दलहरुले नयाँ ठाउँमा निर्वाचनको केही माहौल देखिएपनि पुराना ठाउँहरुमा त्यो नदिएको समेत बताएका छन्। संयोजक दाहालले आफ्नो पार्टी, काँग्रेस, एमाले र रास्वपाबीच निर्वाचनमा कडा प्रतिष्पर्धा हुने पनि बताएका छन् । 

    उनले आगामी १०, १५ दिन भित्र नेपाली कम्युनिष्ट पार्टीले अन्य पार्टीहरुलाई पछाडि पारेर निर्वाचनको माहोल बनाउने विश्वास समेत व्यक्त गरेका छन् । 

    उनले भने, प्रत्यक्षतर्फ वेब बढि हामीतिर छ । यसकारण यसलाई हामीले क्यास गर्न सक्नुपर्नेछ । यो मैले मात्रै भनेको होइन–हाम्रा विपक्षहरु, विपक्ष राजनीतिक दल, बुद्धिजीविहरु, पत्रकारहरु सबैले पनि आज भोली भन्न के थालेको छन भने–नेपाली कम्युनिष्ट पार्टीको सोचेभन्दा राम्रो हुँदै गएको छ है भन्नेमा कसैको विमति छैन । पहिला त हामीलाई बडो हेपेर भन्ने गर्थे–एकदम कम ल्याउँछ,। 

    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १४:४७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij