Logo

२०८२ माघ २८ गते बुधवार

२०८२ माघ २८ गते बुधवार

जापानमा लगातार ३ हप्तादेखि भारी हिमपात, ४६ जनाको मृत्यु

जापानमा लगातार ३ हप्तादेखि भारी हिमपात, ४६ जनाको मृत्यु


  • 1.1K
    Shares

    जापानमा लगातार ३ हप्तादेखि भारी हिमपात, ४६ जनाको मृत्यु

    जापानमा लगातार तीन हप्तादेखि जारी भारी हिमपातका कारण ४६ जनाको मृत्यु भएको छ।

    साथै ५५८ जना घाइते भएको त्यहाँको अग्नि तथा प्रकोप व्यवस्थापन एजेन्सीले मंगलबार जनाएको छ।

    जापानी सञ्चारमाध्यमका अनुसार जनवरीको अन्त्यदेखि जारी हिमपातका कारण जापानको उत्तरी इलाकालाई हिउँले छपक्कै छोपेको छ भने यातायातमा ठुलो समस्या निम्त्याएको छ।

    त्यहाँका प्रहरी तथा अधिकारीहरूका अनुसार छतबाट हिउँको ढिस्को खस्दा तथा हिउँ सफा गर्ने क्रममा पनि मानिसको मृत्यु भएको छ।

    जापानको मौसम विज्ञान एजेन्सीका अनुसार उत्तरी इलाकास्थित आओमोरीमा चार फिटभन्दा बढी हिउँ जमेको छ।

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १९:०३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij