Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

डा. बाबुराम भट्टराईका पिताको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

डा. बाबुराम भट्टराईका पिताको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त


  • 1.2K
    Shares

    डा. बाबुराम भट्टराईका पिताको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. बाबुराम भट्टराईका पिता एवं समाजसेवी भोजराज भट्टराईको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    मंगलबार एक शोक सन्देश पठाउँदै राष्ट्रपति पौडेलले स्वर्गीय भट्टराईलाई गाउँघरका दीनदुःखीको सहयोगी र एक असल अभिभावकीय व्यक्तित्वका रूपमा स्मरण गरेका हुन् ।

    भोजराज भट्टराई श्री विन्ध्यवासिनी निमावि खोप्लाङका संस्थापक समेत थिए । राष्ट्रपतिले आफ्नो समवेदना सन्देशमा भट्टराईको सामाजिक योगदानको चर्चा गर्दै उनलाई एक सदाचारी समाजसेवीको संज्ञा दिएका छन् । 

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले पूर्व प्रधानमन्त्री डा. भट्टराईको निवास पुगेर उक्त समवेदना सन्देश हस्तान्तरण गरेका थिए।

     

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १६:२२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij