Logo

२०८२ माघ २८ गते बुधवार

२०८२ माघ २८ गते बुधवार

६ महिनामा ६ खर्ब ९० अर्ब बजेट खर्च

६ महिनामा ६ खर्ब ९० अर्ब बजेट खर्च


  • 239
    Shares

    ६ महिनामा ६ खर्ब ९० अर्ब बजेट खर्च

    काठमाडौं । आर्थिक वर्ष २०८२\०८३मा विनियोजन भएको कुल बजेटमध्ये ६ खर्ब ९० अर्ब ७८ करोड रुपैयाँमात्र खर्च भएको छ ।

    सरकारले आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब ११ करोड बजेटको रकम विनियोजन गरेको थियो । खर्च भएको उक्त रकम १२.१२ प्रतिशत रहेको छ । 

    अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२\०८३ को बजेट अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार विनियोजित रकममध्ये ६ महिनामा चालुतर्फ ४१.२५ र पुँजीगततर्फ १२.१२ र वित्तीयतर्फ ४०.९५ प्रतिशत खर्च भएको छ । 

    पुँजीगततर्फ खर्च कम हुनुमा आयोजनाहरूको पुर्वतयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा जटिलतासहित भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षति कारण रहेको मन्त्रालयले जनाएको छ ।

    अर्थ मन्त्रालयकाअनुसार राजस्व परिचालनको लक्ष्यमा चालु आर्थिक वर्षमा कुल १४ खर्व ८० बर्ष राजस्व परिचालन गर्ने लक्ष्य राखिएको छ ।  जसमा संघीय सरकारको हिस्सा१३ खर्ब १५ अर्व रहने अनुमान छ । राजश्व संकलनतर्फ पुस मसान्तसम्मको७ खर्च ११ अर्व २० करोड ७८ लाखको नक्ष्यको तुलनामा विविध प्राप्ति समेत गरी ५ खर्व ५ अर्व ४० करोड ७२ लाख ९१.७५ प्रतिशत संकलन भएको छ । 

     

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १४:२३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij