Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

एयरपोर्टमा कार्यरत हवल्दार लुटमा संलग्न आरोपमा पक्राउ

एयरपोर्टमा कार्यरत हवल्दार लुटमा संलग्न आरोपमा पक्राउ


  • 869
    Shares

    एयरपोर्टमा कार्यरत हवल्दार लुटमा संलग्न आरोपमा पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार कर्ण बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरमा एकजना पुरुषको ६० लाख लुटमा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    ‘सस्तो दरमा बिल सहितका सुन दिन्छौँ’ भनेर एउटा समूहले पीडितलाई कीर्तिपुर बोलाएका थिए । माघ १४ मा कीर्तिपुर स्थित एबीगाडो क्याफेमा पुगेपछि पीडितलाई हवल्दार सुनार नेतृत्वको समूहले ‘हामी सीआईबीको प्रहरी हौं’ भन्दै उनीसँग भएको ६० लाख डाँकाचोरी गरेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    ३८ वर्षीय हवल्दार नवलपरासी कावासोती-१३ का स्थानीय हुन् । लुटमा संलग्न अन्य ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । 

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १३:२१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij