२०८२ माघ २७ गते मंगलवार
काठमाडौं । सरकारले सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न तीन वटा मुख्य निर्णय सार्वजनिक गरेका हुन् ।
उनका अनुसार, भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद २५ दिन थप भएको छ । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।
नेपाल सरकारको आर्थिक वर्ष २०८१\०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने भएको छ । त्यसैगरी राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij