Logo

२०८२ माघ २६ गते सोमवार

२०८२ माघ २६ गते सोमवार

नेपालमा राजसंस्था अति आवश्यक भइसक्योः रविन्द्र मिश्र

नेपालमा राजसंस्था अति आवश्यक भइसक्योः रविन्द्र मिश्र


  • 1.2K
    Shares

    नेपालमा राजसंस्था अति आवश्यक भइसक्योः रविन्द्र मिश्र

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले नेपालमा राजसंस्था अतिआवश्यक भईसकेको दाबी गरेका छन् । आईतवार काठमाडौंमा पार्टीको उम्मेदवारहरुको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन्। 

    वरिष्ठ उपाध्यक्ष मिश्रले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति, पार्टी, गुट, व्यक्ति सबैलाई छहारी दिएर देशलाई अघि बढाउन मुलुकमा राजसंस्था छहारी अतिआवश्यक भएको पार्टीको अडान राखेका छन् ।

    उनले राप्रपाले मुलुकलाई राजसंस्थासहितको शासन व्यवस्था चाहिन्छ भनेर नयाँ समझदारीमा मुलुकलाई लैजानुपर्ने धारणा राख्दै आएको र त्यसमा सहमत भएर आम मतदाताले आफ्नो पार्टीलाई मतदान गर्नुको विकल्प नरहेको समेत बताएका छन् । वरिष्ठ उपाध्यक्ष मिश्रले राप्रपालाई मत नदिए मुलुक फेरि पनि संकटबाट मुक्त हुने अवस्था नआउने समेत बताएका छन्।

    उनले भने,‘ अब राप्रपाले भन्दै आएको नविन समझदारीमा देशलाई लैजानै पर्छ । देशमा विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, राजनीतिक पार्टीहरु, राजनीतिक गुटहरु, व्यक्तिहरु सबैभन्दा माथि एउटा राजसंस्थाको छहारी नेपालको लागि अति आवश्यक भयो । यो हाम्रो पुस्ता भन्दा पनि हामीमाथि  मुनिको पुस्ताका लागि अतिआवश्यक भयो । किनभने उनीहरुले देशमा हाम्रो भन्दा धेरै लामो समय बिताउनुछ । उनीहरुको सन्तान, दरसन्तानले यो देशमा लामो समय बिताउनुछ । 

    वरिष्ठ उपाध्यक्ष मिश्रले नेपालमा राजसंस्थाको आलोचना गर्ने नेताहरुमा पनि मौनता देख्न थालिएको टिप्पणी समेत गरेका छन् ।

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १६:४१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij