२०८२ माघ २६ गते सोमवार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।
प्रसाईंलाई गत शुक्रबार नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो ।
प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ मा पोखराबाट पनि पक्राउ परेका थिए । त्यसपछि गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij