२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापाको शव पोस्टमार्टम गरिने भएको छ । परिवारले शवलाई अन्त्येष्टि अघि पोस्टमार्टम गर्नुपर्ने बताएपछि उनको शवको पोस्टमार्टम गरिने भएको हो ।
शव पोस्टमार्टमपछि मात्र अन्त्येष्टि गरिने परिवारको इच्छा रहेको कलाकार सङ्घमा अध्यक्ष मोहन निरौलाले बताएका छन् । शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको हो ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले बलिउड र नेपाली गरेर ३ सय बढी फिल्म अभिनय गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij