Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

धादिङमा दुई यात्रुबस ठोक्किँदा पाँच जना घाइते

धादिङमा दुई यात्रुबस ठोक्किँदा पाँच जना घाइते


  • 449
    Shares

    धादिङमा दुई यात्रुबस ठोक्किँदा पाँच जना घाइते

    काठमाडौं । धादिङमा दुई बस जुद्धा पाँच जना घाइते भएका छन् । धादिङको थाक्रे–६ को दशकिलोमा आइतबार बिहान दुई बस ठोक्किँएका हुन्।

    दाङबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट धादिङ जाँदै गरेका दुई बस ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

    बस ठोक्किँदा सडक छेउमा रहेको चिया पसल र त्यहाँ रहेका मानिससमेत घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

    दुई बस ठोक्किएपछि एउटा बस अनियन्त्रित भएर चिया पसलमा पुग्दा त्यहाँ बसेका अन्य सर्वसाधारणसमेत घाइते भएका हुन् । घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - ०९:१३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij