Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

गएराति बैतडीमा अर्को सवारी दुर्घटना, चालकको मृत्यु

गएराति बैतडीमा अर्को सवारी दुर्घटना, चालकको मृत्यु


  • 533
    Shares

    गएराति बैतडीमा अर्को सवारी दुर्घटना, चालकको मृत्यु

    बैतडी । बैतडीमा ईभीको गाडी (हाइस) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२००१ज०६२४ नम्बरको ईभी हाइस सिल्लेगडा-बडिया सडकखण्डकफ घोडेधारनजिक शनिबार राति दुर्घटना भएको हो ।

    गाडीमा चालक दोगडाकेदार-५ का मदन ठगुन्ना मात्रै रहेको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
    दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

    हाइस सडकबाट २५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - ०८:०१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij