Logo

२०८२ माघ २३ गते शुक्रवार

२०८२ माघ २३ गते शुक्रवार

पाँच प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

पाँच प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान


  • 631
    Shares

    पाँच प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका पाँच जना प्राविधिक प्रहरी अधिकृतहरूलाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहका बिच महानिरीक्षक कार्कीले नयाँ पदको दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका हुन्।

    नेपाल सरकारको माघ १९ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट वरिष्ठ उपरीक्षकमा एक जना, नायव उपरीक्षकबाट उपरीक्षकमा दुई जना र निरीक्षकबाट नायव उपरीक्षक पदमा दुई जना गरी कुल पाँच जनाको पदोन्नति भएको छ ।

    पदोन्नतिसँगै दर्ज्यानी चिह्न पाउनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीमकुमारी पाण्डे, प्राविधिक प्रहरी उपरीक्षकहरू ईशामाया केसी र मोहनसिंह धामी तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू मिनु अवाले र अशोक केसी रहेका छन्।

    समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिँदै व्यावसायिकताका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिए। शान्ति सुव्यवस्था र अपराध अनुसन्धानमा प्राविधिक समूहको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै उनले नयाँ पदले साङ्गठनिक उद्देश्य प्राप्तिका लागि थप ऊर्जा दिने विश्वास व्यक्त गरे । 

     

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १७:३८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij