Logo

२०८२ माघ २४ गते शनिवार

२०८२ माघ २४ गते शनिवार

विदेश पठाउने भन्दै साढे १७ लाख ठगी गर्ने दुईजना पक्राउ

विदेश पठाउने भन्दै साढे १७ लाख ठगी गर्ने दुईजना पक्राउ


  • 729
    Shares

    विदेश पठाउने भन्दै साढे १७ लाख ठगी गर्ने दुईजना पक्राउ

    काठमाडौं । रोजगारीका लागि अस्ट्रेया र स्लोभाकिया पठाउने भन्दै साढे १७ लाख रुपैयाँ ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरी शुक्रबार (माघ २३) सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–३ बस्ने ३५ वर्षीय रुपेश लामिछाने तथा धादिङको खनेबा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हीरा तामाङ छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले दुईजनालाई पक्राउ गरिएको बताए । 

    “पक्राउ परेकामध्ये लामिछानेले अस्ट्रेलिया पठाउने भन्दै नौ लाख तथा तामाङले स्लोभाकिया पठाउने भन्दै  आठ लाख ५० हजार लिई विदेश नपठाई सम्पर्कविहिन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” 

    पक्राउ परेका दुवैजनालाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए । 

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १४:०५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij