२०८२ माघ २२ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा फागुन ४ गते अगाडि सातै प्रदेशमा पुग्ने भएका छन् ।
पार्टीका प्रदेशभित्रका जिल्ला सभापति, पार्टीका उम्मेदवार र नेता कार्यकर्तासँग छलफल गर्न सभापति थापा र उपसभापति शर्मा फागुन ४ गतेभित्र सातै प्रदेशमा पुग्ने उपसभापति पुष्पा भुसालले जानकारी दिइन् ।
यो क्रम मधेस प्रदेशबाट सुरु भएको छ । शुक्रबार गण्डकी प्रदेशमा जाने कार्यक्रम तय भइसकेको छ ।
मधेस प्रदेशको सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सभापति थापा माघ १२ गते मधेस झरेका थिए । उनी माघ १७ गते काठमाडौँ फर्किएका थिए । मधेस बसाइका क्रममा सभापति थापाले प्रदेशभित्र पर्ने जिल्लाका पार्टी सभापति ३२ क्षेत्रका पार्टीका उम्मेदवार तथा नेता कार्यकर्तासँग अन्तरक्रिया गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij