Logo

२०८२ माघ २२ गते बिहिवार

२०८२ माघ २२ गते बिहिवार

क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य

क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य


  • 463
    Shares

    क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य

    काठमाडौं । क्यानडाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा नेपाललाई १६२ रनको लक्ष्य दिएको छ । चेन्नईस्थित एमए चिदम्बरम मैदानमा जारी खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको हो ।

    टस जितेर पहिले ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जोड्यो । 

    उसका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन जोडे । श्रेयस मोव्वाले अविजित ३८ रनको योगदान दिए । १८ औं ओभरमा आक्रामक ब्याटिङ गर्दै मोव्वाले क्यानडाको लक्ष्य उकासे । उनले यस ओभरमा दुई छक्का र एक चौका प्रहार गरे ।

    बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए भने कुशल भुर्तेलले तीन ओभरमा २६ रन खर्चेर दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पारे ।  

     

     

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १५:०३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij