Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

ओमोडा एन्ड जेइकोद्वारा ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा

ओमोडा एन्ड जेइकोद्वारा ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा


  • 862
    Shares

    • images
    ओमोडा एन्ड जेइकोद्वारा ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा

    काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा आयोजना हुने ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ। यो क्याम्प २०८२ माघ २३ देखि २६ सम्म सञ्चालन हुने भएको छ।

    चार दिनसम्म चल्ने यस विशेष क्याम्पले कारप्रेमी तथा हाल सवारी साधन प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना पुराना गाडी साटेर सेग्मेन्टकै उत्कृष्ट ओमोडा जेइको गाडी लिन सुनौलो अवसर प्रदान गर्ने छ। 

    क्याम्प अवधिभर ओमोडा एन्ड जेइकोका कुनै पनि मोडल बुकिङ गर्ने ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क  इन्स्योरेन्स र प्रत्येक बुकिङमा एक एमआइ मोबाइल फोन प्राप्त गर्ने छन्। 

    साथै, ओमोडा एन्ड जेइकोले एक भाग्यशाली जोडीका लागि चीन भ्रमणको विशेष ‘बम्पर अफर’ पनि घोषणा गरेको छ।

    हाल नेपाली बजारमा ओमोडा एन्ड जेइकोका तीन मोडल उपलब्ध छन्,ओमोडा इ५, जेइको जे५ र जेइको जे६। यी मोडलहरूको मूल्य क्रमशः ओमोडा इ५का लागि ५४.९९ लाख, जेइको जे५का लागि ५६.९९ लाख र जेइको जे६का लागि ६५.९९ लाख तोकिएको छ। 

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १२:०८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij