Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

फेरि घट्यो काठमाडौँको तापक्रम, कस्तो रहला आज देशभरको मौसम ?

फेरि घट्यो काठमाडौँको तापक्रम, कस्तो रहला आज देशभरको मौसम ?


  • 967
    Shares

    • images
    फेरि घट्यो काठमाडौँको तापक्रम, कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ । आज (बिहीबार) सुरुवातमै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बुधबारभन्दा तल झरेको छ। 

    मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो।

    हिजो (बुधबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे ६ डिग्री सेल्सियसमा झरेको थियो। 

    आज पनि काठमाडौँ उपत्यकाको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यसबेला न्यूनतम तापक्रम अहिले देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ।

    नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि यसको असर कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी भूभागमा आंशिक बादल देखिएको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ।

    आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। यद्यपि पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद्हरूले बताएका छन्। 

    पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै गएकाले तत्काल वर्षाको सम्भावना नरहेको महाशाखाको भनाइ छ।

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - ०७:४१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij