२०८२ भाद्र २ गते सोमवार
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ । यो एकैदिन सार्वजनिक गरिएको अहिलेसम्मकै ठूलो मृत्यु संख्या हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार मृत्यु हुनेमा कास्कीका ८ जना, स्याङ्जाका ७ जना, पर्वत र तनहुँमा ५र५, गोखराका ३ जना र नवलपुरका २ जना छन् ।
हालसम्म गण्डकीमा कोभिडबाट ४५२ जनाको मृत्यु भइसकेको छ । गण्डकीमा संक्रमणको दर पनि बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६८८ जनामा संक्रमण देखिएको छ ।
हाल गण्डकीमा ९ हजार ६८८ सक्रिय संक्रमित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij