Logo

२०८२ माघ २१ गते बुधवार

२०८२ माघ २१ गते बुधवार

हल्लाको पछि नलाग्न र ग्यास अनावश्यक स्टक नगर्न निगमको अनुरोध

हल्लाको पछि नलाग्न र ग्यास अनावश्यक स्टक नगर्न निगमको अनुरोध


  • 575
    Shares

    हल्लाको पछि नलाग्न र ग्यास अनावश्यक स्टक नगर्न निगमको अनुरोध

     काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै अनावश्यक स्टक नगर्न उपभोक्तालाई अनुरोध गरेको छ । निगमले  पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्दै फैलिएको हल्लाको पछि नलाग्न अनुरोध गरेको छ ।

    निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले नेपालमा प्रतिदिन ९० बुलेट ( १ लाख १४ हजार) सिलिण्डर एलपीजी ग्यास चाहिने बताए। जसमध्ये शनिवारदेखि मंगलबारसम्म ३६५ बुलेट ग्यास लोडिङ भएको बताए ।

    मंगलबारमात्रै १ लाख ६३ हजार ३ सय सिलिण्डर ग्यास भारतबाट आयात भएको छ । यी मध्ये केही बुलेटहरु बाटामा रहेको र आजै नेपाल प्रवेश गर्ने उनको भनाइ छ ।

    उनले सामाजिक सञ्जालमार्फत अनावश्यक रुपमा ग्यासको स्टक नगरिदिन उपभोक्ताहरुलाई अनुरोध समेत गरे । चुनाव अवधिमा पनि यही रुपमा निरन्तर रुपमा ग्यास आपूर्ति हुने भट्टले बताए । केही दिन यता ग्यासकाे अभाव भएकाे भन्दै उपभाेक्ताहरु लामाे लाइन लागेर  बस्न थालेका छन् ।

    627676272_1500135728784308_3828620353084570554_n.jpg

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १४:५४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij