Logo

२०८२ माघ २१ गते बुधवार

२०८२ माघ २१ गते बुधवार

अमेरिकाले खसाल्यो अरब सागरमा उडिरहेको इरानी ड्रोन

अमेरिकाले खसाल्यो अरब सागरमा उडिरहेको इरानी ड्रोन


  • 379
    Shares

    अमेरिकाले खसाल्यो अरब सागरमा उडिरहेको इरानी ड्रोन

    वासिङ्टन डीसी । अरब सागरमा अमेरिकी विमानवाहक जहाज यूएसएस अब्राहम लिंकन तर्फ आक्रामक रूपमा नजिकिँदै गरेको एउटा इरानी ड्रोनलाई अमेरिकी सेनाले गोली हानेर खसालेको छ । अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, मंगलबार जहाजबाट उडेको एफ–३५सी स्टेल्थ लडाकु विमानले आत्मरक्षाका लागि उक्त ड्रोनलाई ध्वस्त पारेको हो ।

    घटना हुँदा जहाज इरानको तटबाट करिब ५०० माइल टाढा थियो । ड्रोनको उद्देश्य स्पष्ट नभएको सेनाले बताएको छ । यस घटनामा कुनै अमेरिकी सैनिक घाइते नभएको र जहाजमा क्षति पनि नपुगेको बताइएको छ ।

    यो घटना अमेरिका र इरानबिच तनाव बढिरहेका बेला भएको हो । अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप मजबुत बनाइरहेको छ । इरान आफ्नो आणविक कार्यक्रम सीमित गर्ने सम्झौतामा आएन भने सैन्य कारबाही हुन सक्ने चेतावनी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइसकेका छन् । उनले यसअघि इरानमा सरकारविरोधी प्रदर्शन दमनका रोक्न हस्तक्षेपको गर्ने धम्की  पनि दिएका थिए ।  

    ड्रोन खसालिएपछि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले फक्स न्युजसँग कुरा गर्दै अमेरिका र इरानबिच यसै साता तय भएका वार्ता यथावत् रहेको बताइन् । ट्रम्पले पहिला कूटनीतिलाई प्राथमिकता दिए पनि सैन्य विकल्प सधैँ खुला रहने उनले स्पष्ट पारिन् ।

    इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले यसअघि अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध भड्किने चेतावनी दिएका थिए । तर मंगलबारको ड्रोन घटनाबारे इरानले औपचारिक प्रतिक्रिया दिएको छैन ।

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १२:०७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij