२०८२ माघ २१ गते बुधवार
काठमाडौं । स्वास्थ्य बिमामा देखिएका समस्याबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएकी छन् । उनले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न भन्दै आज बुधबार सरोकारवालासँग छलफल गर्ने भएकी छन् ।
प्रधानमन्त्रीले स्वास्थ्य बिमाबारे देखिएका समस्या समाधानका लागि सरोकारवाला पक्षसँग छलफल गर्न लागेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दिउँसो १ बजे छलफल तय भएको सचिवालयले जनाएको छ ।
केही समययता विभिन्न अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा प्रवाह बन्द भएको बताउँदै आएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij