Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

घुम्न जाने बहानामा भिरबाट खसालेर गरे श्रीमतीको हत्या, श्रीमान् र देवर पक्राउ

घुम्न जाने बहानामा भिरबाट खसालेर गरे श्रीमतीको हत्या, श्रीमान् र देवर पक्राउ


  • 603
    Shares

    घुम्न जाने बहानामा भिरबाट खसालेर गरे श्रीमतीको हत्या, श्रीमान् र देवर पक्राउ

    काडमाडौं । प्यूठानको गौमुखी गाउँपालिका–६ लिबाङकी १९ वर्षीया शर्मिला घर्तीको ह त्या आरोपमा प्रहरीले उनका श्रीमान् र देवरलाई पक्राउ गरेको छ। 

    सानै उमेरमा दुई वर्षअघि प्रेम विवाह गरेकी शर्मिलालाई परपुरुषसँग सम्बन्ध राखेको श्रीमानले गर्थे शंका, घुम्न जाने बहानामा भिरबाट खसालेर गरे हत्या ।

    ह त्या अभियोगमा २० वर्षीय श्रीमान् अनिल घर्ती र १८ वर्षीय देवर जनक घर्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्यूठान प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। 

    प्रहरीका अनुसार दुई वर्षअघि प्रेम विवाह गरेका अनिल र शर्मिलाबीच पछिल्लो समय शर्मिलाको परपुरुषसँग सम्बन्ध रहेको आशंकाका कारण घरमा पटक–पटक मनमुटाव र झगडा हुने गरेको थियो। माघ १६ गते बेलुका करिब ८ बजे अनिल र जनकले शर्मिलालाई घुम्न जाने बहानामा घरबाट करिब ६ सय मिटर टाढा गोन्द्रेचौर लगेका थिए।

    त्यहाँ श्रीमान् श्रीमतीबीच पुनः विवाुद भएपछि अनिलले आवेशमा आएर शर्मिलाको टाउको फलामको रेलिङमा ठोक्काएको प्रहरीको प्रारम्भिक अनुसुन्धानमा खुलेको छ। टाउको ठोक्किएपछि बेहोस भएकी शर्मिलालाई दुवै दाजुभाइले भीरबाट तल खसालेर ह त्या गरेको प्रारम्भिक निष्कर्ष छ।

    एक पटक खसाल्दा करिब ३० मिटर तल अड्किएपछि पुनः खसाल्दा उनी करिब १०० मिटर तल पुगेकी थिइन्। भीरबाट खसाल्दा शव र शर्मिलाको स्विटर बाँझो रूखमा अड्किएको थियो। त्यसपछि अनिल आफैं तल ओर्लिएर पुनः शर्मिलालाई भीरबाट तल धकेलेको प्रहरीले जनाएको छ। करिब १०० मिटर तल खसेपछि शर्मिलाको मृत्यु भएको सुनिश्चित गरी उनीहरूले शव घटनास्थलमै छाडेर घर फर्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। माघ १७ गते दिउँसो करिब २ बजे कालिमाटी जंगलमा शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको टोलीले अनुुसन्धान सुरु गरेको थियो। घटनास्थलबाट मृतकको चप्पल बरामद गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका अनिल र जनकलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १६:०८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij