Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

आसन्न निर्वाचनमा झापा ५ मा ओलीले नै जित्ने होः पृथ्वीसुब्बा गुरुङ

आसन्न निर्वाचनमा झापा ५ मा ओलीले नै जित्ने होः पृथ्वीसुब्बा गुरुङ


  • 862
    Shares

    आसन्न निर्वाचनमा झापा ५ मा ओलीले नै जित्ने होः पृथ्वीसुब्बा गुरुङ

    काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले झापा क्षेत्र नम्बर ५ मा पार्टीका अध्यक्ष केपी शर्मा ओली नै विजयी हुने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। 

    उपाध्यक्ष गुरुङले रास्वपाका उम्मेदवार बालेन्द्र साहले काठमाडौंको सुकुम्बासी बस्तीमा, गरिखाने सडकका जनतामाथि डोजर चलाएर बालेन्द्र साहले झापा ५ मा निर्वाचन जित्नै नसक्ने जिकिर गरेका छन् । उनले बालेनले त्यहाँको सुकुम्वासीहरुलाई लालपूर्जा दिन्छ भन्ने भ्रममा नपर्न पनि झापा ५ का सुकुम्वासी नागरिकहरुलाई अपिल गरेका छन् ।

    बालेनको विगत, वर्तमान र भविष्य हेर्ने हो भने पनि उनले सुकुम्वासीलाई लालपूर्जा वितरण गर्दछन् भनेर विश्वास गर्न नसकिने उपाध्यक्ष गुरुङको भनाई थियो । उनले रास्वपाले विभिन्न झुटा प्रचार गरेर एमालेको निर्वाचन अभियानलाई कमजोर बनाउने नियतका साथ झापा ५ मा पार्टी अध्यक्ष ओलीसँग चुनावी प्रतिष्पर्धाका लागि बालेनलाई उम्मेदवार बनाएको बताएका छन् । 

     

    images
    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १५:३७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij