Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

चितवनका दुई युवाले पाए पहिलोपटक आमाको नामबाट नागरिकता

चितवनका दुई युवाले पाए पहिलोपटक आमाको नामबाट नागरिकता


  • 540
    Shares

    चितवनका दुई युवाले पाए पहिलोपटक आमाको नामबाट नागरिकता

    काठमाडौं । चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् । खैरहनी नगरपालिका-५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन् ।

    आमा निशा महतो (चौधरी) को नामबाट दुई युवाले नागरिकता प्राप्त गरेका हुन । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता प्रदान गरेका हुन् । नागरिकता ऐन र नियमावलीमा पछिल्लो संशोधनपछि जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको हो ।

    उनले भने, “महतो आँखा नदेख्ने भएकाले कर्मचारीको सक्रियतामा दाजुभाइलाई नागरिकता दिइएको हो ।” बाबुको सम्पर्क नभएकाले आमाले रेखदेख गर्दै आएका छोराछोरीलाई पहिलो पटक नागरिकता दिन पाउँदा आफू र आफ्ना कर्मचारीको टोली हर्षित भएको उनले बताए ।

    नागरिकता दिँदै उनले भने, “आमाको ख्याल गर्नु । आफ्नो लक्ष्यबाट पछि नहट्नु ।” नागरिकता पाएपछि दुई भाइले अब आफुहरु पनि नेपाली नागरिक भएको भन्दै खुसी व्यक्त गरे ।

    आमाको नामबाट नागरिकता पाउनु आफ्ना लागि महत्वपूर्ण क्षण भएको उनीहरुले बताए । उनीहरुले क्रमशः २४ र २० वर्षको उमेरमा नागरिकता पाएका हुन् ।

     

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - ११:१८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij