Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

ओखलढुङ्गामा रोचक बन्दै चुनावी प्रतिष्पर्धा

ओखलढुङ्गामा रोचक बन्दै चुनावी प्रतिष्पर्धा


  • 1.7K
    Shares

    ओखलढुङ्गामा रोचक बन्दै चुनावी प्रतिष्पर्धा

    काठमाडौं । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुङ्गा जिल्लामा नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले तीब्र जनसर्मथन पाएका छन् । उनले प्राप्त गरेको जनसमर्थनसँगै जिल्लाको राजनीतिक समीकरणलाई पूर्ण रूपमा उल्टिएको छ । 

    लामो समयदेखि कांग्रेस र नेकपा एमालेबीच पालैपालो जित–हार हुँदै आएको यो जिल्लामा यसपटक भने चुनावी बहसको केन्द्रमा एकै नाम छ-अम्बिरबाबु गुरुङ । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी र त्यससँगै एमालेभित्र देखिएको गहिरो आन्तरिक संकटले एमालेको हार र गुरुङको जितलाई लगभग निश्चित दिशातर्फ लैजाँदैछ भन्ने विश्लेषण बढ्दै गएको छ । 

    यो निर्वाचनलाई अम्बिरबाबुको पक्षमा लैजाने निर्णायक कारण नेकपा एमाले ओखलढुंगाको आन्तरिक भाँडभैलो हो । उम्मेदवार छनोट प्रक्रियामा जिल्ला कमिटीले सिफारिस गरेका नामहरूलाई बेवास्ता गर्दै केन्द्रले अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्टि सतहमा मात्र सीमित रहेन, खुला विद्रोहमा रूपान्तरण भयो । ओखलढुंगा एमाले पार्टी अध्यक्ष ज्ञानबहादुर खड्का सहित उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा किसान, उपसचिव राजिव कटुवाल, प्रदेश कमिटी सदस्य सुरेश थापा, जगत लुइँटेल, युवा संघका केन्द्रीय सदस्य प्रचण्ड खड्कालगायतका ३८ जना पदाधिकारीहरू नै एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि एमालेको सांगठनीक संरचना नै कमजोर बन्न पुगेको छ । 

    राजनीतिक विश्लेषकहरूका अनुसार जिल्लाको सम्पूर्ण कमिटी तह नै अर्को पार्टीमा विलय हुनु भनेको चुनावी अभियान, मतदाता परिचालन र मत व्यवस्थापन तीनै तहमा एमाले लगभग निष्क्रिय हुनु हो । कागजमा उम्मेदवार रहे पनि व्यवहारमा एमालेको अभियान कमजोर, बिखण्डित रक्षात्मक अवस्थामा देखिएको छ । 

    नेकपा एमालेको तत्कालिन ओखलढुङ्गा कमिटीले ईश्वर पोखरेल, यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ, नानीबाबु बढाथोकी र ज्ञानबहादुर खड्काको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको थियो । ईश्वर पोखरेललाई सहयोग गर्नेहरुको जसरी पनि टिकट नदिने सोचका साथ टिकट वितरण गरेका केपी ओलीलेले लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापालाई राजिनामा गर्न लगाएर टिकट दिएका थिए । उनले टिकट पाएपछि ओखलढुङ्गा एमाले भातृ संगठनहरू राष्ट्रिय युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले निर्णय सच्याउन माग गर्दै जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालका लागि ताला समेत लगाएका थिए । 

    625106992_940804251800056_3192354038556425887_nAmbir 1.jpg

    तर नेतृत्व निर्णय सच्याउन सहमत नभएपछि एमाले जिल्ला कमिटी बिद्रोहगरी नेपाली कम्यूनिष्ट पार्टीमा प्रवेश गरेको हो । अम्बिरबाबु गुरुङ जिल्लाका पहिलो कम्युनिस्ट मन्त्री भएका व्यक्ति हुन् । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री तथा मन्त्रीका रूपमा रहँदा उने जिल्लामा सबैभन्दा धेरै बजेट भित्र्याएका थिए ।

    गुरुङले करिब १० अर्ब रुपैयाँ बराबरका सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र सहरी विकासका आयोजना जिल्लामा भित्र्याएका थिए । अम्बिरबाबुले मन्त्री भएको ५ वर्षको बीचमा सडक पुर्वाधारमा ७ अर्ब, शहरी विकास तथा आवासका लागि ६२ करोड,खानेपानी तथा सिंचाइमा ५४ करोड र पर्यटन तथा खेलकुदको विकासमा १२ करोड रूपैया ओखलढुंगा जिल्लामा भित्र्याएको पाइएको थिए । यो कार्यबाट विकासबादी नेताको छवी बनाएका अम्बिरबाबु गुरुङ नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बन्दा आफ्ना मुद्दाहरु जनतामा लैजान नै गाह्रो भएको एमालेका जिल्लास्तरिय नेता बताउँछन् । 

    अम्बिरबाबु गुरुङको सबैभन्दा बलियो पक्ष भनेको विकासमा आधारित विश्वसनीयता हो । सडक सञ्जाल विस्तार, कालोपत्रे योजना, ग्रामीण बस्ती जोड्ने चक्रपथ, खानेपानी र स्वास्थ्य पूर्वाधारमा उनले थालेका योजनाहरू आज पनि मतदाताले प्रत्यक्ष देखिरहेका छन् । चुनावी भाषणमा उनले “थालिएका आयोजना पूरा गर्ने” प्रतिबद्धता दोहो¥याइरहेका छन्, जुन मतदाताका लागि भावनात्मकभन्दा व्यावहारिक विषय बनेको छ ।
     
    नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अम्विरबाबुले एमालेभित्रको आन्तरिक हैकमवादी प्रवृत्ति, टिकट वितरणमा देखिएको स्वेच्छाचारिता र स्थानीय नेतृत्वको अपमान आफूले बिद्रोह गरेको बताउने गरेका छन् । एमाले छाडेपछि गुरुङको राजनीतिक राजनीतिक प्रभाव झन उचो भएको छ । किनकी उनीसँगै एमालेको जिल्ला कमिटी सहित ठूलो संगठनात्मक पंक्ति नेकपातर्फ सरेको छ । यसले गुरुङलाई ‘व्यक्तिगत उम्मेदवार’ होइन, ‘संगठनसहितको उम्मेदवार’ बनाएको छ ।

    विशेष गरी एमाले र कांग्रेस दुवैबाट निराश भएका मतदाताका लागि गुरुङ ‘विकल्प’ होइन, ‘समाधान’ को रूपमा प्रस्तुत भइरहेका छन् । यसले उनलाई तटस्थ मतदाता मात्र होइन, असन्तुष्ट कांग्रेस र एमाले समर्थकको मत पनि तान्ने स्थितिमा पु¥याएको छ । यो निर्वाचनमा ओखलढुङ्गा एमालेमा मात्र होइन, नेपाली कांग्रेस पनि सहज अवस्था छैन । अघिल्लो निर्वाचनमा विजयी रामहरि खतिवडाले टिकट नपाएपछि कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । यद्यपि जिल्ला नेतृत्वले एकताको दाबी गरे पनि भित्री तहमा मतदाताको उत्साह कमजोर देखिन्छ । कांग्रेसका असन्तुष्ट मतको ठूलो हिस्सा गुरुङतर्फ आकर्षित हुन सक्ने आँकलन गरिएको छ ।
     
    अघिल्ला निर्वाचनका तथ्यांक हेर्दा एमालेको समानुपातिक मत बलियो देखिए पनि अहिलेको परिस्थिति फरक छ । त्यो मत संगठनसँग जोडिएको थियो, जुन संगठन अहिले विभाजित छ । अर्कोतर्फ, नेकपा यसअघि कमजोर देखिए पनि अहिले एमालेको ठूलो पंक्ति समेटेर बलियो बनेको छ । यसले मतको अंकगणित मात्र होइन, मतदाताको मनोविज्ञान पनि गुरुङको पक्षमा मोडिएको छ ।


    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - १५:५७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij