Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

ओलीमाथि व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछः सचिव बस्नेत

ओलीमाथि व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछः सचिव बस्नेत


  • 967
    Shares

    • images
    ओलीमाथि व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछः सचिव बस्नेत

    काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्या आरोप लगाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो बताएका हुन् । 

    भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा २३ जनाको मुत्यु भएको उल्लेख गर्दै उनले अध्यक्ष ओलीले प्रधमानमन्त्रीको हैसियतमा मृतकका परिवारलाई क्षतिपूर्ति दिने तथा शहीद घोषणा गर्ने निर्णय गरेको बताएका छन्। २४ भदौमा संविधान र सुरक्षा निकायहरु नै हाइज्याक गरेर देशलाई ध्वस्त पार्ने षड्यन्त्र गरिएको उनको भनाइ छ ।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै देशभरबाट १४ हजार कैदी भागेको टिप्पणी गर्दै भागेकामध्ये दुई जना कैदीको मृत्यु हुनुका साथै दुई जना फरार कैदीले आमा र श्रीमतिको हत्या गरेको भन्दै यसको जिम्मेवारी सभापति लामिछानेले लिनुपर्ने जिकिर गरेका छन् । उनले मुलुकमा आगजनी र लुटपातमार्फत भएको क्षतिको जिम्म लामिछानेसँगै बालेन्द्र साहले लिनुपर्ने जिकिर गरेका छन् । 

    उनले भने, ‘आज पूर्वप्रधानमन्त्रीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछ । सेनाले भदौ २३ मा १९ जनाको मृत्यु भएको जानकारी दियो ।  अध्यक्षजूले आफूले प्रधानमन्त्रीको हैसियतमा ततकाल मन्त्रिपरिषद् बैठक बोलाएर मृतकका आफन्तलाई क्षतिपूर्ति दिने र उनीहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेँ । भदौ २४ गते जब हाम्रो संविधान हाइज्याक गरियो, सेना, प्रहरी सबै हाइज्याक भए, युवाहरुको दिमाग नै हाइज्याक गरेर सिंहदरबार, सर्वोच्च अदालत लगायतका संवैधानिक संस्थाहरु जलाउने षड्यन्त्र गरियो भन्नुभएको छ । म यी साथिहरुर्ला सोध्न चाहन्छु बोलन आउ, बालेन नआउने भए रविजीलाई जेलबाट निकाल भन्ने को हो रु कसको स्टाटसले यीनि उकासिए । रवि १४ हजार कैदीसँगै आफू पनि निस्किए रु त्यसमध्ये १० जना कैदी मरे । दुई जनाले आमा र श्रीमति पनि मारे । त्यो १२ जना मारेको जिम्मा रवि लामिछानेले लिनुपर्छ । बालेनले लिनुपर्छ । यिनिहरुलाई उकास्ने राजीव खत्री, निश्चल बस्नेत र हिमेश पन्तले लिनुपर्छ । यीनका हिसावकिताव एक एक गरी हुन्छ ।’

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १४:४०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij