२०८२ माघ १६ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र-५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहजै निर्वाचन जित्ने दाबी गरेका छन् । एमाले निकट प्रेस चौतारीले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कारमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै एमालेलाई झापामा कुनै जोखिम नभएको बताएका हुन् ।
झापा -५ मा ओलीसँग रास्वपाका बालेन शाह प्रमुख प्रतिस्पर्धी ठानिएका बेला पोखरेलले झापा ५ मा एमालेलाई निर्वाचन जित्न कुनै कठिनाइ नभएको दाबी गरेका छन् ।
उनले झापा-५ मा बालेन पक्षधरको मिडियाले मात्र हल्लाखल्ला गरेको बताएका छन् । ‘मतदाताको हिसाबले झापा–५ मा हामी सुरक्षित छौँ । त्यहाँ कुनै जोखिमको अवस्था छैन’, महासचिव पोखरेलको भनाइ छ ।
महासचिव पोखरेलले एमालेले फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको पनि बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij