Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सिटिजन्स बैंकको नाफा ४५ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा १.१० अर्बले ऋणात्मक

सिटिजन्स बैंकको नाफा ४५ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा १.१० अर्बले ऋणात्मक


  • 358
    Shares

    सिटिजन्स बैंकको नाफा ४५ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा १.१० अर्बले ऋणात्मक

    काठमाडौं । सिटिजन्स बैंक बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार ६ महिना पुससम्म बैंकले ३५ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४५.७८ प्रतिशतले घटेको छ।

    बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड ४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको सञ्चालन मुनाफा ५० करोड ४१ रुपैयाँमा भएको छ। बैंकको सञ्चालन मुनाफा ४४.६८ प्रतिशतले कम हो।

    चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ १ अर्ब १० करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भमा ८ अर्ब ८२ करोड १७ लाख रुपैयाँ रहेको छ। बैंकले २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

    बैंकले ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ।  ब्याज आम्दानी २.२८ प्रतिशतले बढेको छ। बैंकको खराब कर्जा अनुपात बढेर ६.८६ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको खराब कर्जा ४.८५ प्रतिशत थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ४.६३ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ४१.६८ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४९.७९ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १४:५७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij