Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु

कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु


  • 722
    Shares

    कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु

    काठमाडौँ । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । 

    १३ यात्रु र दुई चालक दलका सदस्य विमानमा रहेकोमा सबैको मृत्यु भएको हो । 

    घटनालगत्तै उद्धारकर्ता घटनास्थलमा खटिएको भए पनि कोलम्बियाली अधिकारीहरूले कोही पनि जीवित फेला पार्न नसकेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । 

    सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । विमान एचके ४७०९ उडान स्थानीय समयअनुसार बुधवार बिहान ११ः४२ मा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो ।

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - ०८:०४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij