Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सरकारले १० अर्बको ‘विकास ऋणपत्र २०९१’ ल्याउँदै

सरकारले १० अर्बको ‘विकास ऋणपत्र २०९१’ ल्याउँदै


  • 981
    Shares

    • images
    सरकारले १० अर्बको ‘विकास ऋणपत्र २०९१’ ल्याउँदै

    काठमाडौं । नेपाल सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ’विकास ऋणपत्र २०९१’ नामक ऋणपत्र बिक्री गर्ने भएको हो ।

    उक्त ऋणपत्र ९ वर्षको भएको सूचनामा उल्लेख छ । ऋणपत्रमा आगामी माघ १४ गते बुधवार बोलकबोल खुला हुने जनाएको छ । साँवा भुक्तानी २०९१ साल माघ १५ गते हुने सूचनामा उल्लेख छ ।

    यस ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूले आवेदन दिन सक्नेछन् । कुल निष्कासित रकममध्ये ८५ प्रतिशत अर्थात् ८५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलवालाहरूका लागि र बाँकी १५ प्रतिशत अर्थात् १५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलवालाहरूका लागि छुट्टाइएको छ ।

    यो ऋणपत्रलाई धितोका रूपमा राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने व्यवस्था रहेको छ। साथै, ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको DOMS प्रणालीमार्फत हुने व्यवस्था गरिएको छ।

    इच्छुक लगानीकर्ताले माघ १४ गते बुधबार बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनलाइन प्रणाली  https://doms.gov.np/csd/MainTree.do  मार्फत बोलकबोल पेस गर्नुपर्नेछ। 

     

     

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १५:३९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij