Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

नेपाल एसबिआई बैंकद्धारा समाज कल्याण केन्द्र बृद्धाश्रमलाइ सहयोग प्रदान

नेपाल एसबिआई बैंकद्धारा समाज कल्याण केन्द्र बृद्धाश्रमलाइ सहयोग प्रदान


  • 414
    Shares

    नेपाल एसबिआई बैंकद्धारा समाज कल्याण  केन्द्र बृद्धाश्रमलाइ सहयोग प्रदान

    काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं, पशुपति स्थित, समाज कल्याण केन्द्र बृद्धाश्रम का ६४ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा, ब्ल्याङकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । 

    यस किसिमको पहलबाट बैंकले आश्रमका बृद्धबृद्धाहरुको तत्काल आवश्यकताहरू पुरा गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले श्री समाज कल्याण केन्द्र बृद्धाश्रम, पशुपतिकी प्रमुख, श्री शशी पौडेललाई औपचारिक रुपमा सहयोग सामग्रीहरु हस्तान्तरण गरेका थिए । 

    सो कार्यक्रममा पशुपति बिकास कोषका सदस्य सचिब, श्री प्रकाश मणि शर्मा भूषाल, पशुपति बिकास कोषका  कोषाध्यक्ष, श्री श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रबिण मुनि बज्राचार्य र बैंक तथा संस्थाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ,  १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

     

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - ११:२३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij