Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

झापामा एमालेलाई बाटो छेकेपछि ओलीको प्रतिक्रियाः रास्वपाले आफ्नो स्तर देखायो

झापामा एमालेलाई बाटो छेकेपछि ओलीको प्रतिक्रियाः रास्वपाले आफ्नो स्तर देखायो


  • 1.4K
    Shares

    झापामा एमालेलाई बाटो छेकेपछि ओलीको प्रतिक्रियाः रास्वपाले आफ्नो स्तर देखायो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका कार्यकर्ताहरुले झापामा असभ्यता देखाएको बताएका छन् । मंगलवार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

    उनले रास्वपाका तर्फबाट असभ्य खालको क्रियाकलाप भएको बताएका छन् । रास्वपाका कार्यकर्ताले आफ्नो स्तर जाहेर गरेको उनको भनाइ छ । रास्वपाका कार्यकर्ताले बाटो छेक्ने काम गरेकाले केही भनाभन भएपनि झडप नभएको बताएका छन् । 

    उनले भने, ‘रास्वपाका तर्फबाट केही अस्वस्थ, असभ्य खालको क्रियाकलाप भयो भन्ने मैले सुनेँ । तर त्यस्तो ठूलो केही होइन । उनीहरुले आफ्नो स्तर जाहेर गर्ने त्यति कामसम्म गरेका होलान् जस्तो लाग्छ । त्यस्तो ठूला झडप होइन । उनीहरुले बाटो छेक्ने, डिस्टर्ब गर्ने असभ्यता देखाए । स्वस्थ प्रतिष्पर्धा, शान्तिपूर्ण ढंगले गर्नुपर्छ । चुनाव शान्तिपूर्ण ढंगले हुनुपर्छ ।’

    अध्यक्ष ओलीले स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनुपर्ने बताएका छन् ।  

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १६:२५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij