२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदी सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलामा २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ५ हजार ६४५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij