Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

काँग्रेसको आधिकारिकताबारे आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्छः रामप्रसाद भण्डारी

काँग्रेसको आधिकारिकताबारे आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्छः रामप्रसाद भण्डारी


  • 813
    Shares

    काँग्रेसको आधिकारिकताबारे आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्छः रामप्रसाद भण्डारी

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली काँग्रेसको आधिकारिता आयोगले विधि र परम्पराअनुसार निर्धारण गर्ने बताएका छन् । निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुग्नुभएका काँग्रेसका नेताहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। 

    उनले राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नो परम्परा, विधि, संविधान, ऐन, र कानून रहेकाले सोहीअनुसार निर्णय हुने बताउनु भयो । निर्वाचन आयोग विधि र पद्धति भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । 

    उनले भने, ‘निर्वाचन आयोगको आफ्नो परम्परा छ । विधि, परम्परा छ । संविधान, ऐन, कानून छ । यसको परिधिभित्र रहेर निर्वाचन आयोगले निर्णय गर्ने हो । निर्वाचन आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्नेछ । हाम्रो संस्थागत परम्परा पनि छ ।’

    उनले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने प्रयोजनका निम्ति आवश्यक कार्यक्रम सकेर निर्वाचन सम्पन्न गराउने बताएका छन्। नेपाली काँग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर केन्द्रिय कार्य समिति चयन गरेसँगै काँग्रेस विभाजित छ । दुवै पक्षले आधिकारिकता दबाी गरिरहेका छन् ।

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - ११:५२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij