२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली काँग्रेसका नेता डा। शेखर कोईरालाले गगन थापाको नेतृत्वमा जानेहरु पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन् । निर्वाचन आयोगमा आधिकारितका दाबीका लागि पुग्नुभएका उनले यस्तो बताएका हुन् ।
उनले बहुमत केन्द्रिय सदस्यहरु अहिले पनि आफूहरुसँग रहेको भन्दै उहाँले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरुले बाध्य बनाएको बताएका छन्। उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन बोलाउने अधिकार रहेको भएपनि विशेष महाधिवेशनको कार्यसूचि, कार्यतालिका,कार्यविधिहरु केन्द्रिय समितिले नै बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको जिकिर गरेका छन् ।
उनले भने, ‘हामी यहाँ आउनै नपर्ने जस्तो मलाई लाग्छ । तर सञ्चारमाध्यमहरुले हामीलाई बाध्य बनाइदिए । उहाँहरुले निर्णय गर्नमिल्छ रु देशको निम्ति, नेपाली काँग्रेसको निम्ति यो परिस्थिति आएको छ । लोकतान्त्रिक पद्धतिअनुसार निर्णय गर्नुहुनेछ । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले बोलाउने अधिकार छ तर विशेष अधिवेशनको कार्यसूचि, कार्यतालिका, कार्यविधि सबै केन्द्रिय समितिले बनाउनुपर्छ भन्नेकुरा स्पष्ट रुपमा विधानले भनेको छ । नेपाली काँग्रेसको सिंगो केन्द्रिय सदस्यहरु यहीँ हुनुहुन्छ । केही चाइटिएर जानुभएको होला । तर सिंगो केन्द्रिय सदस्य यहाँ हुनुहुन्छ । कसैले, कुनै पदाधिकारी वा विशेष अधिवेशन बोलाउने अधिकार छ की छैन, नेपाली काँग्रेसको विधानले त्यो अधिकार दिएको छैन । आज टुँडिखेलमा गइकन कुनै निर्वाचन आयुक्तले ६ गते निर्वाचनको नोमिनेसन हुँदैन भन्यो भने निर्वाचन आयोगलाई मान्य हुन्छ की हुँदैन रु यो गम्भीर विषय हो । यो कुरा सोच्नुपर्छ । व्यक्ति होइन संस्था खोजेको हो । संस्थालाई हेरेर अघि बढ्नुपर्छ । जुन साथीहरुको सिग्नेचर तपाईंहरुलाई पनि आएको होला । ति सिग्नेचर फिर्ता भएको निस्सा तपाईंहरुलाई प्रश्तुत गर्नेछौँ ।’
उनले महँधिवेशनमा गएका ८८५ जना महाधिवेशन प्रतिनिधिहरुले उक्त महाधिवेशनबाट आफूहरु फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको जानकारी दिएका छन् । आयोगलाई उक्त हस्ताक्षरसहितको प्रमाण पनि पार्टीले पशे गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij