Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन तालिका आएसँगै बढाइयो सुरक्षा

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन तालिका आएसँगै बढाइयो सुरक्षा


  • 1.2K
    Shares

    कांग्रेस विशेष महाधिवेशन : निर्वाचन तालिका आएसँगै बढाइयो सुरक्षा

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै भृकुटीमण्डप क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको हो । 

    सम्भावित अवाञ्छित गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गर्दै प्रवेश तथा आवतजावतमा निगरानी कडा बनाइएको जनाइएको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान, मतगणना तथा मतपरिणाम घोषणासम्मको कार्यतालिका सार्वजनिक गरेको छ । 

    समितिका अनुसार सभापति पदका लागि उम्मेदवारी दर्ता गर्न ३० हजार, उपसभापति र महामन्त्री पदका लागि २५ हजार तथा सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

    केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १४:१७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij